Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ महाधिवेशन काठमाडौंमा उद्घाटन

द्वारा फाल्चा मिडियाOctober 4, 202611:48 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ महाधिवेशन काठमाडौंमा उद्घाटन

काठमाडौं — तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन भएको छ। बिजी ब्याङ्क्वेट, मित्रनगरमा आयोजित उद्घाटन समारोह संस्थाकी कार्यवाहक अध्यक्ष सिला कुमारी गुरुङको अध्यक्षतामा तथा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष धनमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


महाधिवेशनको उद्घाटन समारोहमा गुरुङ समुदाय, सामाजिक, सञ्चार तथा व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका गुरुङ महिलाहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा प्रतिनिधिसभा सदस्य बिना गुरुङ, वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङ, घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ तथा तमुस्यो ह्युलकी संस्थापक अध्यक्ष हरिमाया गुरुङलाई मरणोपरान्त सम्मान गरिएको छ।


त्यसैगरी, महाधिवेशन सफल बनाउन सहयोग गर्ने विभिन्न संघ–संस्था तथा व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको बन्दसत्रले परिषद्को नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ। महाधिवेशनले गुरुङ महिला समुदायको हक, अधिकार, सामाजिक सहभागिता तथा नेतृत्व विकासका विषयमा समेत छलफल गर्ने आयोजकले जनाएको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px