Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

द्वारा Naresh MaharjanMay 21, 202612:44 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
८ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन

विभिन्न ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएका छन् । सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेको छ । पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ वटा आवेदन परेका छन् । यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ आवेदन परेको मन्त्रालयले जनाएको छ ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px