काठमाडौं। थाहा नगरपालिका–१०, चित्लाङको न्हुलगाउँमा प्रत्येक वर्ष कार्तिक १ गते परम्परागत रूपमा मनाइने चम्पाकेश्वर महादेवको जात्रा आज आयोजना भएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस जात्रामा स्थानीय भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो। स्थानीय धार्मिक परम्परा र मौलिक संस्कृतिसँग जोडिएको यस जात्राले चित्लाङ क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रत्येक वर्ष कार्तिक १ गते मनाइने चम्पाकेश्वर महादेवको जात्रा स्थानीय समुदायको धार्मिक आस्था, परम्परा र सांस्कृतिक सम्पदाको प्रतीकका रूपमा रहेको छ।
Advertisement
Leaderboard728 × 90 px

Advertisement
Leaderboard728 × 90 px
Advertisement
Billboard970 × 250 px




