Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेसले संसद्‌मा विमति राख्ने

द्वारा फाल्चा मिडियाMay 6, 202611:06 AM1 min read
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेसले संसद्‌मा विमति राख्ने

२३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिइन् । ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हामी विमति राख्नेछौं,’ उनले भनिन् । संसद्मा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ्छ भन्ने कुराबाट आगामी रणनीति तय हुने उनले बताइन् । ‘हामीले राखेपछि उहाँहरूले कसरी लिनुहुन्छ, त्यसपछि अघि बढ्छ,’ उनले भनिन् । साथै, सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि आजको बैठकमा छलफल भएको उनले बताइन् । त्यसबारे पनि आफूहरूको धारणा संसद्मा राख्ने उनले बताइन् ।