Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

द्वारा फाल्चा मिडियाOctober 1, 20263:00 AM2 min read

Advertisement

Leaderboard728 × 90 px
कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन


काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेको छ। सो पक्षले आज देशभर वडा अधिवेशन गर्दैछ।

नेपाली कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो।

देउवा पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ।

पार्टीका नेता किरणराज पौडेलका अनुसार देउवा पक्षले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइसकेको छ। आज हुने वडा अधिवेशनका लागि भने ५६ जिल्लामा निर्वाचन संयोजक खटाइएको जनाइएको छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै तत्काल महाधिवेशन गर्न नहुने धारणा देउवा पक्षले राख्दै आएको थियो। संस्थापन पक्षले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर महाधिवेशनको तयारी थालेको हो।

देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउनुभएको छ। उहाँले कांग्रेसका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उच्च मनोबल र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आएको छ। सो पक्ष संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px