जेठ ५ ,काभ्रेपलाञ्चोक — विटुमिन अभावका कारण केही समयदेखि रोकिएको धुलिखेल–साँगा सडक खण्डको पिच गर्ने काम पुनः सुरु भएको छ। सडक विस्तार आयोजनाअन्तर्गत भइरहेको काम आवश्यक निर्माण सामग्री आपूर्ति नहुँदा बीचमै रोकिएको थियो। हाल सामग्री उपलब्ध भएपछि निर्माण कार्य पुनः अघि बढाइएको हो। काम रोकिँदा उक्त सडकमा यात्रा गर्ने सवारीसाधन र यात्रुहरूले धुलो, हिलो तथा ट्राफिक जामजस्ता समस्याको सामना गर्दै आएका थिए। अब काम पुनः सुरु भएपछि सडक छिट्टै सुधार हुने अपेक्षा गरिएको निर्माण कम्पनिकाअनुसार निर्माणलाई तीव्र गतिमा अघि बढाएर समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले यात्रुहरूको आवतजावतलाई सहज बनाउनेछ। हाल सम्म साँगा–धुलिखेल खण्डको प्रगति ६७ प्रतिशतभन्दा बढी छ। गत मंसिर अन्तिम साता म्याद सकिएर पुनः एक वर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २७ मंसिर २०७९ मा सम्झौता भई २५ मंसिर २०८२ मा आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालीले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।