Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

कङ्गो र युगान्डामा इबोलाबाट ज्यान गुमाउनेको सङ्ख्या ८८ जना पुग्यो

द्वारा Naresh MaharjanMay 19, 202612:52 AM2 min read

Advertisement

Leaderboard728 × 90 px
कङ्गो र युगान्डामा इबोलाबाट ज्यान गुमाउनेको सङ्ख्या ८८ जना पुग्यो

कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा ८८ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । ३०० जना भन्दा धेरै शङ्कास्पद सङ्क्रमित रहेका छन् । यो प्रकोप अहिले कोरोना महामारीजस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । साथै सङ्गठनले अन्य देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ । सङ्गठनले कङ्गोको राजधानी किन्शासामा समेत इबोला सङ्क्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ । किन्शासा, प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट झण्डै एक हजार किलोमिटर टाढा पर्छ । सङ्क्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको अनुमान छ । उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । पूर्वी कङ्गोको ठूलो शहर गोमामा सबैभन्दा पहिला इबोला सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको आपतकाल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ । अफ्रिकाको विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयबाट ३५ जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ । टोलीसँगै सात टन आपतकालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px