Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

द्वारा फाल्चा मिडियाOctober 8, 202611:37 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ।

बिहीबार काठमाडौंको कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक बैठकमा विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका मन्त्री पोखरेलले त्रिविको प्रमुख समस्याका रूपमा रहेको परीक्षा सञ्चालनमा हुने ढिलाइ र समयमै नतिजा प्रकाशन नहुने परिपाटी अन्त्य गर्न निर्देशन दिनुभएको हो।

मन्त्री पोखरेलले शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गर्दै परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो। उहाँले त्रिभुवन विश्वविद्यालयलाई केवल पठनपाठनमा सीमित नराखी राष्ट्रको नीति, कानुन तथा पाठ्यक्रम निर्माणमा सहयोग पुर्‍याउने प्रमुख थिंक ट्याङ्क तथा अनुसन्धान संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। त्रिविको अधिकार केन्द्रमा मात्र सीमित नराखी विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पोखरेलले यसै वर्षदेखि काठमाडौं बाहिरका प्रदेशहरूमा समेत दीक्षान्त समारोह आयोजना गरेर विकेन्द्रीकरणको सुरुवात गर्न लागिएको जानकारी दिनुभयो।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px