Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच वासिङ्टनमा भेटवार्ता

द्वारा फाल्चा मिडियाOctober 6, 20266:13 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच वासिङ्टनमा भेटवार्ता

काठमाडौँ, असोज २० गते। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।


विश्व बैंक समूहका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका अर्थमन्त्री वाग्लेले भेटवार्ताका क्रममा नेपालका प्राथमिकताका विषयमा छलफल गर्नुभएको हो।


भेटवार्तामा रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणलगायतका क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन गर्ने विषयमा छलफल भएको थियो। सो अवसरमा विश्व बैंक समूहका अध्यक्ष बाङ्गाले बाढीबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।


अध्यक्ष बाङ्गाले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार र स्वदेशमै रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताउनुभयो। नेपालका प्राथमिकताका क्षेत्रमा लगानी विस्तार गर्न विश्व बैंकले एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका विकास साझेदारसँग समन्वय गरी संयुक्त लगानीका नयाँ पहल अघि बढाउने जानकारी पनि अध्यक्ष बाङ्गाले दिनुभयो।


नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंक समूहका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px