Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

कांग्रेस सभापति गगन थापाद्वारा पदभार ग्रहण

द्वारा फाल्चा मिडियाOctober 17, 20261:28 PM1 min read

Advertisement

Leaderboard728 × 90 px
कांग्रेस सभापति गगन थापाद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी मुख्यालय सानेपामा पदभार ग्रहण गरेका छन्। उनले पार्टीभित्रको प्रतिस्पर्धालाई जित–हारभन्दा जिम्मेवारीका रूपमा लिनुपर्ने बताउँदै लोकतन्त्र, सामाजिक न्याय र जनसरोकारका मुद्दामा केन्द्रित हुँदै कांग्रेसलाई समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गरे।

१५औँ महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए भने खड्कीले ३७५ मत पाएका थिए। थापाले यसअघि पद तथा गोपनीयताको शपथसमेत लिएका थिए।केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सपथ भने दसैँपछि हुनेछ ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px