नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताउनुभएको छ ।
कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले सरकारका पछिल्ला निर्णय र देशमा भएका घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो । उहाँले लोकतान्त्रिक मूल्य र मान्यताविपरीतका गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्दै सरकारलाई जवाफदेही बनाउनु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्नुभयो । साथै, विधिको शासनको सम्मान गर्दै आफ्नो कार्यशैली सुधार्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।





