Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

होल्डिङ सेन्टरका बालबालिकालाई निःशुल्क शिक्षा

द्वारा फाल्चा मिडियाMay 3, 20264:46 PM1 min read

Advertisement

Leaderboard728 × 90 px
होल्डिङ सेन्टरका बालबालिकालाई निःशुल्क शिक्षा

होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षाका लागि प्याब्सन र एनप्याब्सनका पदाधिकारीलाई कार्यवाहक प्रमुखको आग्रह

बालबालिकाको शिक्षाका लागि छलफल गर्न बोलाइएको बैठकमा व्याव्सन, एन प्याब्सनका केन्द्रीय, जिल्ला र महानगरपालिका स्तरीय पदाधिकारीहरु सहभागी

‘नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा अहिले कीर्तिपुर स्थित राधास्वामी सत्संग आश्रममा रहेका बालबालिकाहरुलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन हामीले यस्तो सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरुबाट सहयोगको अपेक्षा गरेका छौँ ।’ छलफलमा कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘मलाई थाहा छ । तपाईँहरुले यावत प्रश्न छन् । हामीसँग ती प्रश्नहरुको जवाफ खोजीरहनु भएको छ । हामी ती प्रश्नको जवाफ दिन्छौँ । तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो ।

अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरुको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौँ । उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ । हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ ।’

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px