Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

प्रधानमन्त्री शाह : जलवायु न्याय राष्ट्रसङ्घका दस्ताबेजमा मात्र सीमित हुन हुँदैन

द्वारा फाल्चा मिडियाSeptember 25, 20266:03 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
प्रधानमन्त्री शाह : जलवायु न्याय राष्ट्रसङ्घका दस्ताबेजमा मात्र सीमित हुन हुँदैन

काठमाडौँ, असोज ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्याय केवल संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा सज्याएर राख्ने वाक्यांशमा मात्र सीमित रहन नहुने बताउनुभएको छ ।राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ समेत भएको स्पष्ट पार्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बढी मात्रामा कार्बज उत्सर्जन गर्ने राष्ट्रहरूले नै बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उहाँले जलवायु न्याय अब पीडितका पक्षमा हुनुपर्ने र राष्ट्रसङ्घका दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्यांश बन्न नहुने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरका सम्बन्धमा सबै पक्षले आ–आफ्ना दायित्व पूरा गरून् भन्ने पक्षमा नेपाल रहेको पनि स्पष्ट गर्नुभयो ।प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्लाई भूराजनीतिक विवादको विषय बनाउन नहुनेमा जोड दिँदै नेपाल सदैव जलवायु न्यायका पक्षमा रहेको दोहोर्‍याउनुभयो ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px