Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

द्वारा फाल्चा मिडियाMay 5, 20261:54 PM1 min read
राष्ट्रपतिले वैशाख २८ गतेका लागि बोलाए संसद् अधिवेशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को मंगलबारको सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन आह्वान गरिएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा तोकिएको मितिमा संसद् बैठक बस्ने उल्लेख गरिएको छ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । सरकारले विभिन्न ८ वटा अध्यादेश जारी गरेपछि संसद् अधिवेशन बोलाएको हो ।