Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

लाङटाङमा जङ्गली भालुको आतंक, होटल व्यवसायी र स्थानीयवासी त्रसित

द्वारा फाल्चा मिडियाSeptember 30, 202611:19 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
लाङटाङमा जङ्गली भालुको आतंक, होटल व्यवसायी र स्थानीयवासी त्रसित

रसुवा — गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्यटकीय क्षेत्र लाङटाङमा जङ्गली भालुको आवागमन बढेपछि होटल व्यवसायी तथा स्थानीयवासी त्रसित बनेका छन्।


पछिल्लो केही दिनयता लाङटाङ क्षेत्रका पदमार्ग आसपास रहेका होटल तथा घरमा जङ्गली भालु प्रवेश गरी खाद्यान्न खानुका साथै विभिन्न सामग्री तोडफोड गर्न थालेको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिन्डुब तामाङले बताउनुभयो।


उहाँका अनुसार भालुले विशेषगरी होटलमा राखिएका खाद्यान्न, लत्ताकपडा तथा अन्य बन्दोबस्तीका सामग्री नष्ट गर्ने क्रम बढेको छ। वन्यजन्तुको आवागमन दिनप्रतिदिन बढ्दै गएपछि स्थानीयवासी तथा होटल व्यवसायीहरू आफ्नो ज्यान र धनसम्पत्तिको सुरक्षालाई लिएर चिन्तित बनेका छन्।


लाङटाङ क्षेत्रको पदमार्गमा जङ्गली भालुको जोखिम बढेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। निकुञ्जले पदमार्गमा यात्रा गर्दा एक्लै नभई कम्तीमा दुई जना वा सोभन्दा बढीको समूहमा यात्रा गर्न अनुरोध गरेको छ।


स्थानीयवासीका अनुसार भालुको बढ्दो आवागमनका कारण पर्यटक तथा स्थानीयको सुरक्षामा चुनौती थपिएको छ। वन्यजन्तुको जोखिम न्यूनीकरण तथा स्थानीयको सुरक्षाका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px