Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

एन्फाको तीनमहिने निलम्बन फुकुवा

द्वारा फाल्चा मिडियाMay 15, 202610:34 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
एन्फाको तीनमहिने निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

शुक्रबार मन्त्रालयमा बसेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीचको छलफलपछि निलम्बन फुकुवा गरेको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।

एन्फा प्रवक्ता शाहले मन्त्री पोखरेलले बिनासर्त निलम्वन फुकुवा गरिदिएको पनि बताए ।

उनले भने, "लामो छलफलपछि मन्त्रीज्यूले निलम्वन फुकुवा गर्नुभयो । उहाँले हामीलाई अब मिलेर फुटबल विकासमा अगाडि वढौँ भन्नुभयो । नेपाली फुटबललाई फिफाको नियमअनुसार चलाउनु र फुटबल विकासमा काम गर्न पनि भन्नुभयो ।"

छलफलमा राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी उपस्थित थिए ।

गएको चैत ११ गते जबर्जस्ती अर्ली इलेक्सन गर्न खोजेको, देशको ऐन कानुन नमानेकोलगायत आरोप लगाउँदै राखेपले एन्फामाथि तीन महिनाका लागि निलम्बन गरेको थियो ।

त्यसपछि राखेप, फिफा प्रतिनिधि र एन्फा प्रतिनिधिबीच निलम्वन फुकुवा गर्ने र देशको कानुनअनुसार, फुटबल चल्ने विषयमा वार्तालापहरू भइरहेको थियो । यसबीच राखेपले फिफाका प्रतिनिधिहरूलाई नेपालमै बोलाएर भौतिक उपस्थितिमै छलफल गर्ने प्रयास गरिरहेको थियो ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px