काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनायो।
नेपालका लागि रोहित पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए। ओमानका शाह फेसलले ५ विकेट लिए।
लिग–२ को शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ। ओमानलाई पराजित गरे नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिनेछ।




