Flash
कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेलकानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्ः राष्ट्रपति पौडेल

डकार युथ ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई एनओसी अध्यक्ष श्रेष्ठद्वारा बिदाइ

द्वारा फाल्चा मिडियाOctober 26, 202612:05 PM2 min read

Advertisement

Leaderboard728 × 90 px
डकार युथ ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई एनओसी अध्यक्ष श्रेष्ठद्वारा बिदाइ

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सेनेगलको डकारमा अक्टोबर ३१ देखि नोभेम्बर १३, २०२६ सम्म आयोजना हुने डकार युथ ओलम्पिक गेम्समा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ।

एनओसी भवन सातदोबाटोमा आयोजित बिदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका खेलाडीहरूलाई बधाई दिँदै उक्त अवसरको भरपूर सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले खेलाडीहरूलाई अनुशासन, समर्पण र खेलभावनाका साथ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन शुभकामना दिनुभयो।

एनओसीका महासचिव राजीव श्रेष्ठको आतिथ्यतामा आयोजित कार्यक्रममा डकार युथ ओलम्पिकमा सहभागी हुने नेपाली टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूको उपस्थिति थियो।

प्रतियोगितामा नेपालले पौडी, उसु र जुडो गरी तीन खेलमा सहभागिता जनाउनेछ।

नेपाली टोलीमा पौडीका प्रशिक्षक शंकर कार्की तथा खेलाडी अविव प्रधान र आर्या महर्जन रहेका छन्। त्यसैगरी, उसुका प्रशिक्षक लानम लामा र खेलाडी रश्मि तामाङ तथा जुडोका खेलाडी शुभानन तिमिल्सिना प्रतियोगितामा सहभागी हुनेछन्।

टोलीका पदाधिकारीका रूपमा एनओसीका उपमहासचिव रामजीबहादुर होना श्रेष्ठ र एनओसीका सचिव भीमसिंह गुरुङ सहभागी हुनेछन्।

बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्षद्वय अशोकरत्न बज्राचार्य र धावा गुरुङ, सदस्य लाक्पा छिरिङ लामा, मानार्थ उपाध्यक्ष दीपक हर्ष बज्राचार्य तथा साधारणसभाका सदस्य दीपक न्यौपानेको उपस्थिति रहेको थियो।

नेपाल ओलम्पिक कमिटीले नेपाली टोलीको सफल सहभागिताको कामना गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूले उत्कृष्ट प्रदर्शनका साथै महत्वपूर्ण अनुभव हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px