काठमाडौँ, वैशाख २१ । लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिनेभएको छ । नेपथ्यको टोली सोमबार न्युजिल्यान्ड प्रस्थान गर्दै छ । नेपथ्य ब्यान्डले यस पटक न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको अकल्यान्डमा दर्शकलाई झुमाउने छ । नेपथ्यले ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा मे १० तारिख, आइतबार आफ्नो प्रस्तुति दिने छ । नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो । सो समय नेपथ्य ‘स्काई सिटी थिएटर’ मा प्रस्तुत भएको थियो । कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा धु्रव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुहुने छ ।

सम्बन्धित समाचार

entertainment
कान्समा नेपालको ऐतिहासिक सफलता:
फाल्चा मिडिया1 min read
entertainment
रामकृष्ण ढकाले गर्याे मालती मंगलेको प्रिमियर
फाल्चा मिडिया1 min read

entertainment
‘लालीबजार’ शुक्रबारदेखि रिलिज हुने, अग्रिम टिकट बिक्री खुला
फाल्चा मिडिया1 min read
entertainment
सिकलसेल : सुकुमवासी चीत्कारदेखि जमिनदारको डरसम्म
फाल्चा मिडिया1 min read
