Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

‘लालीबजार’ शुक्रबारदेखि रिलिज हुने, अग्रिम टिकट बिक्री खुला

द्वारा फाल्चा मिडियाMay 6, 20263:22 PM1 min read
‘लालीबजार’ शुक्रबारदेखि रिलिज हुने, अग्रिम टिकट बिक्री खुला

काठमाडौं । उच्च अदालत पाटनले प्रदर्शनको लागि बाटो खुला गरेपछि फिल्म ‘लालीबजार’ शुक्रबारदेखि देशब्यापी रिलिज हुने भएको छ । निर्माता म्याक्स दिपेश खत्रीका अनुसार फिल्मलाई बिहिबार प्रिमियर गर्ने तयारी छ ।

मुलुकभरका हलले यम थापा निर्देशित फिल्मको एड्भान्स बुकिङ खुला गरेका छन् । शुक्रबार लालीबजारसहित ५ फिल्म रिलिज हुने तय भएको छ ।

स्वस्तिमा खड्का स्टारर फिल्मले वादी समुदायको एक आमाको संघर्षको कथा भन्छ । कानूनी अड्चन हटे लगत्तै निर्माता फिल्मको रिलिजमा जुटेका हुन् । यसअघि १८ बैशाखदेखि फिल्म रिलिज तयारीमा थियो ।

यो फिल्मलाई यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।


‘लालीबजार’ शुक्रबारदेखि रिलिज हुने, अग्रिम टिकट बिक्री खुला — फाल्चा मिडिया