६ जेठ,भक्तपुर l सांस्कृतिक नगरी भक्तपुरमा विगत लामो समयदेखी जिर्ण अवस्थामा रहेको ४ वडा मङ्गलाछे स्थित हाडा छेँ भक्तपुर नगरपालिबाट पुनः निर्माण सम्पन्न गरेको छ । नेवार वास्तुकला अनुसार मौलिक शैलीमा निर्मित हाडा छेँ निर्माण गरिएको छ।
भक्तपुर नगरपालिकाले २०५८ सालमा मदनकृष्ण हाडासँग हाडा छेँ खरिद गरी नगरको सम्पदाको रुपमा यसको संरक्षण गर्ने उद्देश्यले हाडा छेँको पुनःनिर्माण भएको हो । उपभोक्ता समितिको अनुसार हाडाछेँ पुनर्निर्माण कार्यको लागि २ करोड ३५ लाख रुपैयाँको लागत इस्टिमेट गरिएकोमा १ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । सिकर्मी र डकर्मीहरु जस्ता ‘सांस्कृतिक गुरु’हरुको सीपकलाको कारण नेपालको सभ्यता, मौलिक कला र सांस्कृतिक धरोहरहरु संरक्षण हुदै र पुस्तान्तरण सम्वभ भएको कार्यक्रममा वक्ता हरुले बताउनु भयो।
भक्तपुरका पुराना घरहरु केबल बसोबासका संरचनाहरु मात्र नभई ती नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानका जीवित धरोहर भएको ले यसको संरक्षण आवश्यक रहेकोमा जोड दिइएको छ। यहाँका परम्परागत वास्तुकला, काष्ठकला र सांस्कृतिक स्वरुपहरुलाई जोगाउनु आजको आवश्यकता भएकाले यस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्वका घरहरुको संरक्षण, पुनःनिर्माणमा विशेष ध्यान दिइएको नगरपालिकाले जनाएको छ।
यसवाट सांस्कृतिक सम्पदा संरक्षण संगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।





