Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

लेले काब्रेमा अवस्थित मनकामनाको रथयात्रा

द्वारा फाल्चा मिडियाMay 6, 20267:09 AM1 min read
लेले काब्रेमा अवस्थित मनकामनाको रथयात्रा

लेले काब्रेमा अवस्थित मनकामना माई मन्दिरको १९ औँ वार्षिक उत्सव मंगलबार मनाइँएको छ । उत्सबमा बाजागाजासहितको लावालस्करले मनकामना मन्दिर प्रांगणबाट मनकामना देवीको प्रतिकलाई सिंगारीएको रथमा विराजमान गराई लेलेका विभिन्न स्थानमा परिक्रमा गरिएको थियो ।

परिक्रमाका क्रममा भजन कीर्तन र धार्मीक ध्वनी मिश्रित बाजाको तालमा भक्तजनहरुले आआफ्ना घरका कलशलाई तिलेश्वरसँगैको सरस्वती कुण्डबाट जल ल्याएर मनकामनामा चढाइएको समितीका अध्यक्ष सुमन पौडेलले बताए । वार्षिक उत्सवका अवसरमा गुरु पुरोहित एवं पण्डित बैकुण्ठ लुईटेलले हवनसहित पूजा आजा गराएका थिए । नगर परिक्रमासँगै कलशयात्रा समापन गरेपछि मन्दिरमै भेला भएका भक्तजनहरुले सामूहिक रुपमा अग्नी कुण्डमा चरु हालेका थिए । यस मन्दिरमा आएर पूजा आजा गर्दै संकल्प गरेको खण्डमा चिताएको पुग्ने धार्मीक विश्वास छ । मन्दिरमा प्रत्येक महिनाको २२ गते यहाँका स्थानीय महिलाहरुले हवन गर्ने गरेका छन् । विस २०६४ साल बैशाख २२ गते प्राण प्रतिष्ठा गरेर मनकामना मन्दिरको स्थापना गरिएको समितीका सचिव उमेश घिमीरेले जानकारी दिए ।