एसीसी पुरुष प्रिमियर कपअन्तर्गत सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरको उत्कृष्ट प्रदर्शन सामु टिक्न नसक्दा ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो। बहराइनका लागि फियाज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए। ८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा ३ विकेट गुमाएर ८८ रन बनाउँदै सहज जित दर्ता गर्यो। नेपालका लागि अर्जुन कुमालले ३६ रन, रोहितकुमार पौडेलले १९ रन तथा आसिफ शेखले १८ रन बनाए। बहराइनका इमरान जावेद अनवरले ३ विकेट लिए पनि नेपालको जित रोक्न सकेनन्। सन्दीपको घातक बलिङ र ब्याटरहरूको संयमित प्रदर्शनसँगै नेपालले प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ।
Advertisement
Leaderboard728 × 90 px

Advertisement
Leaderboard728 × 90 px
Advertisement
Billboard970 × 250 px




