Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

अमेरिकाविरुद्ध नेपालको शानदार जित

द्वारा फाल्चा मिडियाMay 16, 20262:49 PM2 min read
अमेरिकाविरुद्ध नेपालको शानदार जित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाली टोलीले अमेरिकाविरुद्ध शनिबार शानदार जित निकाल्यो । अमेरिकी ब्याटरमाथि नेपाली बलर हाबी रहेको खेलमा जवाफी ब्याटिङमा भने ओपनर कुशल भुर्तेल नायक रहे । खराब फर्ममा रहेका भुर्तेल पछिल्ला केही खेल बेञ्चमा थन्किन पुगेका थिए । तर, आज टोलीमा उनले मौका पाए । जसलाई उनले १२० रन प्रहार गर्दै शतकीय जवाफ फर्काए । त्रिवि क्रिकेट मैदानमा दिनको सुरुवातमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए । एक समय १२२–१ को स्थितिमा रहेको अमेरिकी टोली ३०० रनको आँकडातर्फ अग्रसर देखिएको थियो । त्यसपछि नेपाली बलर र फिल्डरले साहसिक पुनरागमन गरेर ४४ औं ओभरमा १९५ रनमै अलआउट गर्न सफल भए ।


जसमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्शन झाले एकएक विकेट लिँदा दुई विकेट रनआउटमार्फत लिए । अमेरिकालाई सामान्य स्कोरमा रोकेपछि ब्याटिङमा उत्रिएका नेपाली ओपनर कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको साझेदारी गरेर जितको दर्बिलो आधार तयार पारेका थिए । सो क्रममा कुशलले शतक प्रहार गर्दा अर्का ओपनर आशिफले अर्धशतकीय पारी खेल्दै ५८ रन जोडेका थिए । आशिफ आउट भएपछि मैदानमा उत्रिएका निशान पाण्डेले अन्तिमसम्म कुशललाई साथ दिँदै जितसम्म पुर्‍याउन मद्दत गरे ।

५० ओभरको खेलमा नेपालले ३६.४ ओभरमै लक्ष्य भेट्टाएको थियो । जारी सिरिजमा पहिलो खेल स्कटल्यान्डसँग गुमाएको घरेलु टोलीलाई यो जितले आत्मविश्वास फर्काउने काम गर्ने छ । अब अर्को खेल नेपालले सोमबार फेरि स्कटल्यान्डसँगै खेल्नेछ ।