Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल तानिने

द्वारा फाल्चा मिडियाMay 7, 20267:20 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
रातो मत्स्येन्द्रनाथको रथ  असार ३ गते जावलाखेल तानिने

काठमाडौँ, वैशाख २४ गते । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ तानिने भएको छ ।

ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको बताउनुभएकाे हाे । हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पुर्‍याइनेछ ।

परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गर्नुभयाे । जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px