Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

सरकारले सहकारी बचतकर्ताको रकम जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने

द्वारा फाल्चा मिडियाMay 5, 20261:52 PM1 min read
सरकारले सहकारी बचतकर्ताको रकम जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने

सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम आउँदो जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने भएको छ । गएको वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका झन्डै ७६ हजार बचतकर्ताको झन्डे ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ । ५ लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिका सदस्यसचिव रविन ढकालले जानकारी दिनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम शुरू हुने जानकारी दिनुभयो । समितिले माग दाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट शुरु हुने र मागदाबी छुट भएका बचतकर्ताको पुनः मागदाबी गर्ने समय आउँदो साउनको पहिलो हप्तामा खुला गरिने जनाएको छ । समितिका अनुसार नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रूपमा मात्र खर्च गरिने पनि स्पष्ट पारिएको छ ।