Flash
अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमाअर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

महिला साफ च्याम्पियनसिप : बङ्गलादेश टोलीको घोषणा

द्वारा फाल्चा मिडियाMay 8, 20265:11 AM1 min read

Advertisement

Leaderboard728 × 90 px
महिला साफ च्याम्पियनसिप : बङ्गलादेश टोलीको घोषणा

वैशाख २४ गते । भारतको गोवामा मे २५ देखि जुन ६ तारिखसम्म आयोजना हुने आठौँ महिला साफ च्याम्पियनसिपका लागि बङ्गलादेश टोलीको घोषणा भएको छ ।

बङ्गलादेशले बिहीबार अफेइदा खण्डकरको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । साविक विजेता बङ्गलादेशले साफअघि थाइल्यान्डमा १५ दिन विशेष प्रशिक्षण गर्ने भएको छ । टोलीमा कप्तान अफेइदासँगै रुप्ना चक्मा, मिली अक्तर, स्वर्ण रानी मण्डल, हालिमा अक्तर, सेउली अजिम, सुर्मा जन्नत, कोहती किस्कु, सौराभी अक्तर, शमसुन्नहार सिनियर, उन्नोती खातुन, अर्पिता विश्वास, मोमिता खातुन, मारिया माण्डा, मोनिका चक्मा, शहेदा अक्तर रिपा, रितु पोर्ना चक्मा, उमेहला मार्मा, सागोरिका, तोहुरा खातुन, अनिका रानिया सिद्धिकी, सौरभी अकान्डा प्रीति र शमसुन्नहार जुनियर हुनुहुन्छ ।

यस च्याम्पियनसिपका लागि नेपालले चार दिनअघि मात्र अभ्यास सुरु गरेको छ । काठमाडौँमा भएको अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो ।


Advertisement

Leaderboard728 × 90 px

Advertisement

Billboard970 × 250 px